९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

२९ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यसदिन सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 13, 2026 at 11:10 am