२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ असार, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी रु १६० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३४० कायम भएको छ । स्थानीय बजारमा सुनको मूल्य लगातार पाँचौ दिनदेखि घटिरहेकाे छ ।

dainiki.com

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : July 9, 2026 at 10:58 am