सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
२४ असार, काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । यससँगै सुनको मूल्य लगातार चौथो दिनपनि ओरालो लागेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यसैगरी आज चाँदी पनि ५५ रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
प्रकाशित मिति : July 8, 2026 at 11:15 am





