२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन तोलामा  एक हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ।

dainiki.com

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी यस दिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँमा सीमित बनेको छ । सोमबार चाँदी तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 7, 2026 at 11:11 am