ललितपुरमा युवतीमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
२२ असार, काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका सरकारी कर्मचारी सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ ।

भट्टले आइतबार साँझ एक्लै हिँडिरहेकी ती युवतीलाई गोप्य अंग देखाएका थिए । ती युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरीले आरोपी भट्टलाई पक्राउ गरेको हो । आरोपी भट्ट शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको जनाइएको छ । प्रहरीले सिसिटिभी फुटेज संकलन गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : July 6, 2026 at 2:05 pm





