३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य निरन्तर घटेको हो ।

dainiki.com

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ निर्धारण भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा सीमित बनेको छ ।

प्रकाशित मिति : July 6, 2026 at 11:10 am