नक्कली असई बनेर ईसेवा र मोबाइल बैंकिङमार्फत ठगी गर्ने महिला पक्राउ
२१ असार, काठमाडौं । नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईलाम नगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) रहेकी छन्।
दिपिकाले आफूलाई नेपाल प्रहरीको असई भनी चिनाएर प्रहरीकै पोशाक लगाएको तस्बीर समेत देखाई विभिन्न आश्वासन दिई आफ्नो ईसेवा तथा मोबाइल बैंकिङमा पैसा हाल्न लगाएर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

उनलाई ठगी तथा आपराधिक लाभ लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले गंगबुबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : July 5, 2026 at 2:34 pm





