सिद्धार्थ बैंकका सातवटा शाखा कार्यालय समायोजन हुँदै
१९ असार, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो ।
बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय कालिमाटी शाखा कार्यालयमा र नरदेवी शाखा कार्यालय पुतलीसडक शाखा कार्यालयमा गाभ्न लागेको हो ।

त्यसैगरी ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा र पोखराको चिप्लेढुंगा र बुद्धचोकको शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो ।
स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ । लकर समेत स्थानान्तरण हुने भएकाले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न बैंकले ग्राहकलाई आग्रह गरेको छ
प्रकाशित मिति : July 3, 2026 at 1:48 pm






