१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

१७ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० सय रुपैयाँ कारोबार भएको छ। मंगलबार सुन तोलामा दुई लाख ७७ हजार ९०० सय रुपैयाँ किनबेच भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको हो ।

dainiki.com

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : July 1, 2026 at 11:19 am