१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

कामना सेवा विकास बैंकको ४८ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

१७ असार, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

dainiki.com

 बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै यो सेयर बिक्रीमा राखेको थियो । तर उक्त समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकल जनाएको छ ।

प्रकाशित मिति : July 1, 2026 at 9:37 am