भक्तपुरमा उत्पादित रायो सागमा भेटियो विषादी
१६ असार, काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले विभिन्न १२ थरीका तरकारीहरूमा विषादी अवेशष परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो ।

सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । सोही बमोजम उक्त विषादीयुक्त सागलाई नष्ट गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : June 30, 2026 at 12:06 pm









