३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

१६ असार, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ किनबेच भएको थियो।

dainiki.com

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ ताेलामा २५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २८५ रुपैयाँमा सीमित बनेको छ । सोमबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : June 30, 2026 at 11:10 am