कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ
१५ असार, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ पक्राउ परेका हुन् । उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रकाशित मिति : June 29, 2026 at 4:15 pm









