घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
१५ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार ८०० सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी सोमबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : June 29, 2026 at 11:13 am









