सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?
१४ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : June 28, 2026 at 10:56 am









