सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ किनबेच ?
११ असार,काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको भाउ ३ हजार ६ सय रुपैयाँले घटेको थियो । दुई दिनमा सुनको भाउ तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी तोलामा २५० रुपैयाँले घट्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : June 25, 2026 at 10:55 am









