एनएमबि बैंकको ६९ हजार बढी सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१० असार, काठमाडाैं। एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनीकाे सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

यसअघि गत वैशाख १० गते ३५ दिने सूचना प्रकाशित गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएका कारण सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : June 24, 2026 at 10:41 am









