५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

प्रभु बैंकको १३ लाख ७२ हजार कित्ता सेयर बिक्रिमा, क-कसले किन्न पाउछन् ?

९ असार, काठमाडौं । प्रभु बैंकले १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १३ लाख ७२ हजार ८७८ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

dainiki.com

साथै, तोकिएको अवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाटकुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : June 23, 2026 at 1:34 pm