विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
९ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको हो ।

पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । विचौलिया दीपक भट्टसँग कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।
प्रकाशित मिति : June 23, 2026 at 12:53 pm









