३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ करोबार ?

९ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

त्यस्तै, चाँदीको मूल्य पनि आज १४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : June 23, 2026 at 11:04 am