सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ करोबार ?
८ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ७३० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलाको चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : June 22, 2026 at 11:15 am









