सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
७ असार, काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : June 21, 2026 at 10:49 am









