२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट

२ असार, काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सकिनेछ ।

dainiki.com

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त लजहरुसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : June 16, 2026 at 4:02 pm