सुनको मूल्यमा भारि वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?
१ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला पाँच हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर रुपमा बढेको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी तोलामा एक सय २० रूपैयाँ बढेर प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : June 15, 2026 at 11:23 am









