३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे ब्याजदर, कुनको कति ?

३१ जेठ, काठमाडौं ।वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरको छ। व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ। त्यस्तै, संस्थागत निक्षेपको औषत दर पनि जेठको ३.२०४ प्रतिशतविन्दुबाट केही घटेर ३.१८ प्रतिशतविन्दुमा झरेको छ।

dainiki.com

असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ब्याजदर यथावत् राखेका छन् ।

प्रकाशित मिति : June 14, 2026 at 10:59 am