३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, अधिकतम कति ?

३१ जेठ, काठमाडाैं। ग्लोबल आइएमई बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । जेठ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि साेही ब्याजदर प्रदान गरेको थियो ।

dainiki.com

व्यक्तिगत निक्षेपतर्फ असार महिनामा ३ देखि ६ महिना तलका लागि २.८५ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ४.२५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ४.५० प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि २ वर्ष तलका लागि २.७५ प्रतिशत र २ वर्ष वा सो भन्दा माथिका लागि ३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

प्रकाशित मिति : June 14, 2026 at 9:23 am