२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आज पनि घट्यो सुनको मूल्य, ताेलामा कतिमा झर्यो ?

२८ जेठ, काठमाडौं । पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

dainiki.com

अघिल्लो दिनपनि सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : June 11, 2026 at 11:20 am