२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एकैदिन तोलामा १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ जेठ, काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

dainiki.com

अघिल्लो दिन भने सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो ।  बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ आज १८५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : June 10, 2026 at 11:19 am