सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
२६ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।
यस दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : June 9, 2026 at 11:15 am









