२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२५ जेठ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य  तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

dainiki.com

आइतबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन ८ हजार २ सय रुपैयाँले घट्दै सुनको भाउ प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : June 8, 2026 at 11:34 am