सुदूरपश्चिम प्रदेशको गड्डाचौकीबाट रेलमार्ग बनाउन प्रचण्डको प्रस्ताव
८ फागुन, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेलमार्ग सुदूरपश्चिम प्रदेशको गड्डाचौकीबाट बनाउने प्रस्ताव गरेका छन् । धनगढीमा बुधबार आयोजना गरिएको नेकपाकाे सुदूरपश्चिम प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो प्रस्ताव अघि सारेका छन् ।

अध्यक्ष प्रचण्डले पुरानो राज्यसत्ताबाट हेपिएको सुदूरपश्चिम प्रदेशबाट अबको विकासको थालनी हुनुपर्ने बताए । विश्वविद्यालय स्थापनाका कुरा हुन् या ठूला परियोजनाका कुरा, यी सबै सुदूरपश्चिम प्रदेशबाट सुरु हुनुपर्नेमा उनकाे जाेड थियाे ।
प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १९:५७












