१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

१४ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर शेयरमूल्य समायोजन भएको हो।

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको समायोजन मूल्य रु.३९१.०९ रहेको छ । जसको अघिल्लो दिनकाे बन्द मूल्य रु.४३०.२० मा १० प्रतिशत बोनस शेयर प्रदान गरिनेछ।

यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको समायोजन मूल्य ६ प्रतिशत बोनस शेयरको लागि अघिल्लो बन्द मूल्य रु.६५१.९० मा रु.६१५ रहेको छ।

त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयरको समायोजन मूल्य ४८९.५२ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनकाे बन्द मूल्य रु.५१४ मा रहेको थियो।

यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको समायोजन मूल्य रु.१८१५ को अघिल्लो बन्द मूल्यमा १० प्रतिशत बोनस शेयरको लागि रु.१६५० कायम गरिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : December 29, 2025 at 8:06 am