१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी हुँदैनः स्वास्थ्य बिमा बोर्ड

१९ जेठ, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य प्रकृतिका बिरामीलाई पनि आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए त्यस्ता भुक्तानीहरू नहुने बताएको हो।

‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरुको भुक्तानी नगरिने‘।’ बोर्डले आम सेवाग्राहीहरूलाई पनि सूचनाको पूर्ण पालना गरी सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिए बमोजिमको सेवा प्राप्त गर्न भनेको छ।

कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न र त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न बीमा बोर्डले भनेको छ ।

प्रकाशित मिति : June 2, 2026 at 9:42 am