१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, तोलाको ३ लाख ११ हजार नाघ्यो

१७ जेठ, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज ३०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : May 31, 2026 at 10:49 am