नेकपाका अधिकांश शीर्ष नेता सुदुरपश्चिम प्रदेशमा, धनगढीमा यसरी गरियो स्वागत (फोटोफिचर)
७ फागुन, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेका छन । भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।











प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार २२:१६












