सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने
१५ जेठ, काठमाडाैं। सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट भाषण गर्दै सरकारी संस्थानहरुलाई थप बलियो बनाउन पूँजी वृद्धि गर्न आवश्यक रहेको बताएका हुन् ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्न आवश्यक रहेको अर्थमन्त्री वाग्लेले बताए । साथै विशाल बजार कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने उनले बताए ।
प्रकाशित मिति : May 29, 2026 at 5:25 pm









