१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

सुनको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ६०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 29, 2026 at 11:11 am