१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१३ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 27, 2026 at 10:51 am