१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

राप्रपाद्धारा संघीयता खारेज गरी हिन्दुराष्ट्र कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई बुझायाे ज्ञापन पत्र

७ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेज गरी मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्री ओलीलाई  ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ ।

पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दबाव दिन भन्दै आजबाटै जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।

उनले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने प्रष्ट पारे । ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न सरकार क्रियाशील रहेको समेत बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १५:१८