१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

१२ जेठ, काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धकसुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यूडब्लुएस.नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सिपमा निर्भर हुने मान्यताको साथ बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो ।

यस प्रविधिमैत्री कार्यबाट १२ सामुदायिक विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त प्रविधिले कक्षाकोठाको शिक्षणलाई दृष्यात्मक र अन्तर्क्रियात्मक बनाउनुका साथै पाठ्यवस्तु बुझ्न अझ सजिलो बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले सिकाइ प्रक्रिया अझ रोचक र प्रभावकारी हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति : May 26, 2026 at 1:11 pm