१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

१२ जेठ, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिनतोलामा  ९० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबारभएको थियो।

प्रकाशित मिति : May 26, 2026 at 11:44 am