२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव पाण्डेय नियुक्त

११ जेठ, काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले दिएको राजीनामा अर्थ मन्त्रीस्तरीण निर्णयले स्वीकृत गरी पाण्डेयलाई सञ्चालक समितिको सदस्य तोकिएको हो।

पाण्डेयले जेठ ८ गते बसेको बैठकबाट सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गरेका छन्।

प्रकाशित मिति : May 25, 2026 at 11:11 am