११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

११ जेठ, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : May 25, 2026 at 11:05 am