२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

भिडियोमा निरुतालाई बुढी देखियो भनेर प्रतिकृया नआएकाेमा अनमोल चकित

७ फागुन, काठमाडाैँ । भिडियोमा निरुतालाई  बुढी देखियो भनेर प्रतिकृया नआएकाेमा अनमोल चकित परेका छन् । नेपाली फिल्म नगरीका स्टार अभिनेता अनमोल केसी  फिल्म ‘क्याप्टेन’लाई लिएर निकै चर्चामा छन्।

  

सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्ना पिता भुवन केसी र अभिनेत्री निरुता सिंहको ‘केमेस्ट्री’ मिलेको देखेर  चकित परेको अनमाेलले बताएका छन्। गत बिहीबार मात्र सार्वजनिक भएको फिल्मको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन, निरुता र अनमोलले एक साथ स्क्रिन सेयर गरेका छन्।

बाबा र निरुता दिदीजस्तो लिजेन्डसँग काम गर्न पाउँदा अाफु एकदमै खुसी भएकाे बताउन्दै यसको सबै भन्दा बढी क्रेडिट निरुता दिदीलाई दिन चाहेकाे अनमाेलले जनाएका छन् । अनमाेललाइ अझ रमाइलो लागेकाे कुरा दिदीको लागि भिडियोमा कहीँ कतैपनि बुढी देखियो भनेर प्रतिकृया नआएकाे बताएका छन् ।

उनले फिल्मको गीतमा प्रयोग भएका शब्द ‘कर्ली कर्ली कपाल, तिम्रो चाउरी पर्‍या गाला’तर्फ संकेत गर्दै थपे, ‘गीतमा त्यस्तो ‘वर्डिङ’ हुँदा पनि दर्शक स्रोताले तिनै जनालाई खुलस्त स्वीकार गरिदिनुभएको छ। यसले गर्दा गीतको सफलताको श्रेय निरुता दिदिलाई नै जान्छ।’

प्रकाशित मिति : 14:15