सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
१० जेठ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मुल्य घटेको छ । चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : May 24, 2026 at 10:56 am









