सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
८ जेठ, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : May 22, 2026 at 10:55 am









