८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न ग्राहकलाई नेपाल एसबिआई बैंककाे आग्रह

८ जेठ, काठमाडौं। नेपाल एसबिआई बैंकले आफ्ना ग्राहकहरुलाई प्यान नम्बर तथा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रचलित कानूनअनुसार ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने जनाएको हो।

बैंकका अनुसार खातावालाले आफ्नो घर तथा कार्यालयको ठेगाना, सम्पर्क नम्बर, मोबाइल, पेशा/व्यवसाय, स्वामित्व संरचना, हस्ताक्षर वा ल्याप्चे, राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर लगायतका विवरण आवश्यकताअनुसार अद्यावधिक गर्नुपर्नेछ।

 त्यसैगरी, संस्थागत ग्राहकका साथै रु. ५० लाखभन्दा बढीको मुद्दती निक्षेप खोल्ने प्राकृतिक व्यक्तिहरूले खाता खोल्दा अनिवार्य रूपमा प्यान नम्बर उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ। हालसम्म प्यान नम्बर पेश नगरेका ग्राहकलाई नजिकको शाखामा सम्पर्क गरी विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ। आवश्यक कागजात तथा विवरण अद्यावधिक नगरेमा खाताको कारोबार रोक्का हुन सक्ने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : May 22, 2026 at 10:19 am