सीईओ र डीसीईओको तस्बिर राखेर ग्लोबल आइएमई बैंकका कर्मचारीले किन रोजे मृत्यु ?
५ जेठ, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत पिताम्बर खड्काले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेलको तस्बिर फेसबुकमा राखेर मृत्यु रोज्नुभएको छ ।
उहाँले सार्वजनिक गर्नुभएको तस्बिरमा ग्लोबल आइएमई क्यापिटलको अध्यक्ष दिपचन्द्र रेग्मी र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक अनमिका कुँवर सिंहको तस्बिर पनि रहेको छ । खड्काले सार्वजनिक गरेको तस्बिरमा टिप्पणी लेख्दै उहाँहरूकै कारण मृत्यु रोज्न बाध्य भएको कुरा उल्लेख गरिएको छ ।

झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर खड्काले फेसबुकमा तस्बिरसहितको टिप्पणी राखेको केहीबेरमै मृत फेला पर्नुभएको थियो । खड्काले फेसबुकमा स्टाटस राखेको केही समयपछि आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएर मृत्यु रोजेको पाइएको छ।
सोमबार साँझ करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 06:46









