सिद्धार्थ बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
३ जेठ,काठमाडौं । सिद्धार्थ बैंकले सेयरको बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी जगदिश कुमार अग्रवालको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा जो कोहीले पनि खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले यसअघि सो सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर सो अवधिमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको बैंकले जनाएको छ । इच्छुकले सात दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको सेयरको संख्याको विवरण खुलाई लिखित आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : 12:41









