रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ
३० वैशाख, काठमाडौं । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन् । कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् ।
बैंकमा जम्मा गर्नुपर्ने ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंकमा जम्मा नभएको उजुरी पछि यस प्रकरणमा थप अनुसन्धान अघि बढेको थियो ।प्रहरीका अनुसार बैंक भौचरहरू फाइलमा भए पनि सोअनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको छ । यस प्रकरणमा बैंकका दुई कर्मचारीसहित अस्पतालका अन्य कर्मचारीहरु पनि पक्राउ परेका छन् । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : May 13, 2026 at 1:55 pm









